गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा गौशाला र पञ्चगव्य अस्पताल निर्माणको तयारी सुरु

कपिलवस्तुको बुद्धभूमिमा गौशाला र पञ्चगव्य अस्पताल निर्माणको तयारी सुरु

कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमिमा सडकमा बेवारिसे अवस्थामा रहेका गाईगोरुलाई संरक्षण गर्दै पञ्चगव्य अस्पताल निर्माणको तयारी सुरु गरिएको छ । कपिलवस्तुको छाडा गाइवस्तुको व्यवस्थापन हुने गरी बुद्धभूमि नगरपालिका वडा नं.९ गव्दहवामा गोरक्षधाम गो–विज्ञान अनुसन्धान केन्द्रको शिलान्यास गरिएको छ । बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले अनुसन्धान केन्द्र भवनको शिलान्यास गर्नुभएको हो ।

अनुसन्धान केन्द्रका प्रमुख संरक्षक बाबा योगिराजले देशमै पहिलो पटक गौमूत्रको प्रयोग गरी उपचार गर्ने पञ्चगव्य अस्पतालको रुपमा विकास गर्ने गरी योजना अगाडि बढाइएको बताउनुभयो ।

अस्पतालमा आकस्मिक सेवा बाहेकका अन्य सेवा सञ्चालन गर्ने गरी आयुर्वेद पद्धतिबाट उपचार हुने बताइएको छ । अनुसन्धान केन्द्रले छ महिनाभित्र सात सयभन्दा बढी गाई राख्न मिल्ने गरी आधुनिक गौशाला सञ्चालन गरिने बताउनुभयो । केन्द्रका कोषाध्यक्ष नवराज लामिछानेका अनुसार कपिलवस्तु र अर्घाखाँची जिल्लाका पालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता भएको छ ।

कपिलवस्तु नगरपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका र शीतगङ्गा नगरपालिकाले गौशाला निर्माणका लागि विनियोजन गरेको बजेट अनुसन्धान केन्द्रले सञ्चालन गर्ने गौशालामा खर्च गरिने सहमति भएको लामिछानेले बताउनुभयो ।

सम्बन्धित् समाचार