गृहपृष्ठ Featured कुवेतमाथि नेपालको शानदार जित: अंकतालिकाको शीर्ष स्थानमा

कुवेतमाथि नेपालको शानदार जित: अंकतालिकाको शीर्ष स्थानमा

काठमाडौं : आईसीसी टी–ट्वान्टी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले कुवेतमाथि ९ विकेटको शानदार जित हात पारेको छ । दुबईस्थित आईसीसी एकेडेमीको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो ।

कुवेतकी प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी कप्तान रुविना क्षेत्री र संगीता राईले समान तीन विकेट लिए ।

२८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । नेपालकी ओपनर सीता रानामगर शून्यमा आउट हुँदा अविजित रहँदै रुविना क्षेत्रीले १२ र इन्दु बर्माले १३ रन बनाए । नेपालको यो लगातार दोस्रो जित हो । जितसँगै नेपालले ४ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा हङकङसँग पराजित नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।

सम्बन्धित् समाचार