गृहपृष्ठ Featured सुनको मूल्य एक सयले घट्यो

सुनको मूल्य एक सयले घट्यो

काठमाडौं : साताको तेस्रो दिन आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्यमा पनि आज १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित् समाचार