रुपन्देही : रुपन्देहीको कन्चन गाउँपालिका-३ हरैया स्थित गाउँ कार्यपालिकाको सभाहलमा छैठौं राष्ट्रिय सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिताबाट विजय हासिल गर्ने खेलाडीहरुलाई सम्मान तथा पेटी परिक्षा कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय प्रतियोगिता गत कार्तिक २६ र २७ गते बागलुङको बुर्तिबाङमा सम्पन्न भएको थियो। कार्यक्रममा रुपन्देही जिल्लाका ४ डोजाङबाट १०५ खेलाडीले सहभागी जनाएका थिए।

कार्यक्रमको प्रमुख अतिथि कन्चन गाउँपालिकाका प्रमुख गोकर्ण बहादुर क्षत्री,विशिस्ट अतिथिमा नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय उपाध्यक्ष नितेन कुमार रौनियार,अखिल नेपाल खेलकुद महासंघ रुपन्देहीका संयोजक राजकुमार पाण्डे र एभरग्रीन इङ्लिस स्कुलका प्रीन्सिपल मोहन सुनार हुनुहुन्थ्यो भन्य अन्य अतिथिहरु रुपन्देही तेक्वान्दो संघका सदस्य आशिष् बराल,ब्याड्मिन्टन समिति कन्चनका उपाध्यक्ष शिव क्षत्री,सामुदायिक रेडियो कन्चनका स्टेशन म्यानेजर गोविन्द आचार्य,हरैया स्ववियु निवर्तमान सभापति प्रकाश पौडेल र हरैया माविका शिक्षिका लिला थापा मगर आदिको उपस्थिति रहेको थियो।

कार्यक्रम विजेताहरुलाई हौसला र प्रेरणा स्वरुप, आगामी खेलकुदीय क्रियाकलापमा सहभागी भै नेपालको नाम विश्व सामु चिनाउन तत्पर होउन भन्ने हेतुले आयोजना गरिएको हो। “पेटि परीक्षा भने प्रत्येक ३र३ महिनामा पेटि पदोन्नतिका लागि लिइने गरिन्छ सोहि अनुरुप गरिएको हो।” एभरग्रीन डोजाङका प्रशिक्षक कर्ण प्रतेलले भन्नुभयो।
कार्यक्रमको सभाध्यक्ष एभरग्रीन सिएच आइटिएफ तेक्वान्दो डोजाङका प्रशिक्षक कर्ण प्रतेल रहेको कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश क्षत्रीले गरेको रहेको थियो भने स्वागत मन्तव्य रुपन्देही सिएच आईटीएफ तेक्वान्दो संघका कार्यवाहक सचिव हिरा बहादुर सावतको रहेको थियो। कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिबाट दीप प्रज्वलन गरेर गरिएको थियो।कन्चन गाउपालिकामा खेलकुदलाई अगाडी बढाउन र युवा,शिक्षा तथा खेलकुद निकायबाट यस्को बिकासमा तत्पर रहने प्रमुख अतिथिले बताउनु भयो।
कार्यक्रमको पहिलो चरणमा पेटि परीक्षा गरिएको थियो। पेटि परिक्षामा रुपन्देहीका ४ डोजाङबाट खेलाडी सहभागी थिए। एभरग्रीन सिएच आइटिएफ तेक्वान्दो डोजाङबाट ३८ जना,न्यु पाइन वुड सिएच आइटिएफ तेक्वान्दो डोजाङबाट २० जना,मुनाल सिएच आइटिएफ तेक्वान्दो डोजाङबाट २५ जना,कान्ति सिएच आइटिएफ तेक्वान्दोबाट २०जना गरेर १०५ जना खेलाडीको सहभागिता थियो।








