गृहपृष्ठ Featured कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत : राप्रपाको पनि समर्थन

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत : राप्रपाको पनि समर्थन

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् । प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे ।

मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपा नेपालको समर्थन रहेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका ६, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका तीन र राप्रपा नेपालका एकजना सांसद रहेका छन् । एमालेको महाधिवेशनका कारण जिल्लाबाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन ।

राप्रपाको पनि समर्थन
पहिलोपटक राप्रपा नेपालले मुख्यमन्त्री शाहीलाई समर्थन दिएको छ । राप्रपा सांसद सोशिला शाहीले कर्णालीका मुख्यमन्त्रीलाई परिणाममुखी काम गर्न समर्थन गरेको बताइन् ।

सम्बन्धित् समाचार