सागर वि.क.(वैखरी अनलाईन) : मुग्लीङ्ग बजार, जहाँ दैनिक रुपमा हजारौं मानिसको आवतजावत भईरहन्छ । जुन कयौं मानिसको जीवन निर्वाह गर्ने मुख्य थलो हो । इच्छाकामना गाउँपालिकामा पर्ने उक्त मुग्लीङ्ग बजारमा एकदिन आकस्मित रुपमा एउटा घट्ना घट्यो । जहाँ एउटा बोलेरो जीपले एक चट्पटे व्यपारीले बेच्न राखको सम्पूर्ण सामानलाई रोडको किनारमा छताछुल्ल पारी दियो ।

डिजल भर्नका लागी आएको उक्त बोलेरो जीप रहेको स्थान केही ओरालो रहेको तथा हान्ड बे्रक पनि राम्रोसंग नलाएका कारण क्रमश अघि बढ्यो । अघि बढ्ने क्रममा ठीक अघि रहेको उक्त चट्पटे व्यापारीको सबै सामानलाई ठक्कर दिदाँ सामान सबै पोखिन पुग्यो । अचानक रुपमा घटेको यस घटनाबाट मानवीय क्षति भने भएन् । जुन दृश्य देखेर ती व्यापारी एक्छिन हेरेको हेरैं भए ।
आफ्नो सामान पूर्ण रुपमा क्षति भएको भन्दै ती चट्पटे व्यपारीले क्षतिपूर्ती माग समेत गरे, जुन स्वभाविक पनि हो । चार हजार रुपैयाँ क्षतिपूर्ती माग गरेका ती चट्पटे व्यपारीलाई गाडी धनीले ३ हजार रुपैयाँ मात्र उपलब्ध गराए । यसरी दैनिक जीवन संचालनको क्रममा कहिले काँही अपत्र्याशित रुपमा घट्नाहरु घट्छन्, जसलाई सहज रुपमा लिएर अघि बढ्नुको विकल्प छ्रैन् ।







