गृहपृष्ठ Featured कपिलवस्तुमा कराँतेका ग्राण्ड मास्टर राईलाई स्वागत तथा सम्मान

कपिलवस्तुमा कराँतेका ग्राण्ड मास्टर राईलाई स्वागत तथा सम्मान

वैखरी अनलाईन : जिल्ला खेलकुद विकास समिति कपिलवस्तु तथा लुम्बिनी प्रदेश कराँते प्राविधिक समितिको आयोजनामा स्वागत, सम्मान तथा प्रदेशका खेलाडीहरुसंग पारस्परिक भेटघाट तथा प्राविधिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कपिलवस्तुको बाणगंगा स्थित बुद्धरंगशालाको कभर्ड हलमा भएको कार्यक्रममा नेपाल सितो रियो कराँतेका संस्थापक ग्राण्ड मास्टर तथा अन्तराष्ट्रिय कराँतेका प्रशिक्षक थानेश्वर राईलाई स्वाग तथा सम्मान गरिएको हो । कराँतेका जन्मदाता राईले पु¥याएको योगदानबारे चर्चा गर्दै उहाँप्रति प्रदेश विभिन्न जिल्लाका प्रशिक्षक तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले कराँतेको विकासमा अहम भुमिका खैल्दै यो स्थानसम्म ल्याउन सफल थानेश्वर राईको बुद्धको भुमि कपिलवस्तुमा आगमन हुंदा खेलकुद क्षेत्रमा थप गौरवको महशुस भएको बताउनुभयो । विशेष गरि करातेले खेलकुद क्षेत्रको विकास अहम भुमिका खेल्ने बताउदै लुम्बिनी प्रदेशमै खेलकुदको विकास क्रमशः हुंदै गएको बताउनुभयो ।

सांसद पन्थीले चार दशक अघि नेपालमा पुनः कराते खेल भित्र्याउने ग्राण्ड मास्टर राई, प्रदेशका विभिन्न जिल्लाका राष्ट्रिय प्रशिक्षक तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट बुद्धको भुमि कपिलवस्तुको बाणगंगा आउने खेलाडीहरुलाइ हार्दिक स्वागत गर्दै खेलकुद क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो ।

त्यस्तै जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यालय प्रमुख मिन प्रसाद पोख्रेलले अन्तराष्ट्रि स्तरकै महान व्यक्ति, प्रदेश भरिका प्रशिक्षक तथा खेलाडीहरुलाई कपिलवस्तुमा स्वागत गर्न पाउदा गर्व महशुस भएको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति कपिलवस्तुका कार्यालय प्रमुख पोख्रेलको अध्यक्षता, कपिलवस्तु उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष उमानाथ पौडेल, विभिन्न जिल्ला कराते प्रशिक्षक तथा खेलाडीहरुको उपस्थिती रहेको कार्यक्रम खेलाडी सबिना आचार्यको स्वागत मन्तब्य तथा प्रशिक्षक नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार