काठमाडौं : सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनी प्रदेशले अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ९९ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।
सुदूरपश्चिमको लागि लोकेश बमले सर्वाधिक २५, खडक बोहराले २१, शेर मल्लले १५ तथा नारायण जोशीले ११ रन बनाए । यस अघि टस हारेर ब्याटिंगको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २१२ रन बनाएको थियो ।
लुम्बिनी लिग चरणमा अंकतालिकाको शिर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो भने सुदूरपश्चिम उपविजेताको रुपमा फाइनल पुगेको थियो ।








