गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमा पौडेल समूहका अमरसिंह पुनको अग्रता कायमै

लुम्बिनी प्रदेशमा पौडेल समूहका अमरसिंह पुनको अग्रता कायमै

बुटवल : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्।९१६ मत गणना गर्दा पुनले भरत कुमार शाहलाई ८१ मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ४९४ मत प्राप्त गरेका छन् भने शाहले ४१३ मत ल्याएका छन्।

प्रदेशको नेतृत्वको लागि शनिवार मतदान भएपनि आइतवार बिहानबाट मतगणना सुरु भएको थियो। निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो।

अन्य पदाधिकारीमा पनि पुन प्यानलले नै अग्रता कायम गरेको छ। पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने शाह सभापति शेरबहादुर देउवा समूहका नेतामा पर्छन्।

संघीयता कार्यान्वयनमा आएको चार वर्षपछि कांग्रेसले पहिलो पटक प्रदेश सभापति चुन्न लागेको हो। लुम्बिनी प्रदेशमा संस्थापनइतर समूह बलियो देखिएको छ।

प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेशसभा र महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ।

सम्बन्धित् समाचार