गृहपृष्ठ Featured काठमाडौका विभिन्न स्थानबाट मोटरसाइकल चोर्ने गिरोहका ७ जना पक्राउ

काठमाडौका विभिन्न स्थानबाट मोटरसाइकल चोर्ने गिरोहका ७ जना पक्राउ

काठमाडौँ : ट्राफिक प्रहरीले काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर विक्री वितरण गर्ने गिरोहका ७ जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न गिरोहका ७ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

महाशाखाले रौतहट चन्द्रनिगाहापुर ९ सन्तपुर घर भइ हाल कीर्तिपुर बस्दै आएका १९ वर्षीय नरकुमार पुडासैनीलाई गत वर्षको माघमा बानेश्वरबाट हराएको प्र ३-०२-०१३ प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलको नम्बर परिबर्तन गरि चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेको हो ।

सम्बन्धित् समाचार