गृहपृष्ठ Featured कपिलवस्तु साईकल व्यवसायी समितिको १२ औं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न

कपिलवस्तु साईकल व्यवसायी समितिको १२ औं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न

सागर वि.क.(वैखरी अनलाईन ) : कपिलवस्तु साईकल व्यवसायी समितिको १२ औं साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ । “साईकल चलाऊ दुर्घटनालाई र वातावरणलाई प्रदुषण मुक्त बनाऊ” भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । यस्तै समितिको छैठौ अधिवेशनले विष्णु घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

उपाध्यक्षमा कमल श्रेष्ठ, सचिवमा रविन्द्र अर्याल, सहसचिवमा सुवास घिमिरे, कोषाध्यक्षमा पारस बेल्वासे रहनुभएको छ । यस्तै अधिवेशनले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिले जिल्ला भित्र रहेका साईकल व्यवसायीको हक अधिकारको सुनिश्चता गर्दै साईकल व्यवसायीलाई थप स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

विष्णु घिमिरेको अध्यक्षता, देवराज उपाध्यायको प्रमुख अतिथ्यता रहेको कार्यक्रम रविन्द्र अर्यालको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार