गृहपृष्ठ Featured कांग्रेस महाधिवेशन प्रतिनिधि : ३ हजार तिर्दै झोला र कुपन लिँदै

कांग्रेस महाधिवेशन प्रतिनिधि : ३ हजार तिर्दै झोला र कुपन लिँदै

३ हजार तिर्दै झोला र कुपन लिँदै कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलिबाट सुरु हुँदैछ। महाधिवेशनका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी छ।

पार्टीले जिल्ला जिल्लाबाट आउने प्रतिनिधिलाई महाधिवेशन प्रयोजनको झोला र कुपन सहितका सामाग्री दिइरहेको छ। जसका लागि प्रतिनिधिहरुले ३ हजार रुपैयाँ तिर्न पर्ने हुन्छ।

कांग्रेसले प्रतिनिधिलाई नेपाल इन्भेष्टमेन्ट बैंकको कुनै पनि शाखामा३ हजार रुपैयाँ पार्टी अर्थ समितिको खातामा रकम जम्मा गरेर झोला लिन आह्वान गरेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा ३ हजार तिरेर झोला लिन प्रतिनिधिहरुको घुइँचो लागेको थियो।

झोलासँगै प्रतिनिधिहरुलाई होटल र खानाको कुपन समेत दिइएको थियो।

सम्बन्धित् समाचार