गृहपृष्ठ Featured कपिलवस्तुमा गहुँ छर्ने बेला विगत जस्तै अहिले पनि मलको अभाव

कपिलवस्तुमा गहुँ छर्ने बेला विगत जस्तै अहिले पनि मलको अभाव

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुमा गहुँ छर्ने बेला विगत जस्तै अहिले पनि मलको अभाव भएको छ । जिल्लामा कृषकहरुलाई आपश्यक पर्ने डिएपी, युरिया र पोटास मलको अभाव भएको हो । धानबाली भित्र्याइसकेपछि अहिले जिल्लामा गहुँ छर्ने मुख्य सिजन छ । कृषि ज्ञान केन्द्र, कपिलवस्तुका सुचना अधिकारी चन्द्र प्रकाश गुप्ताका अनुुसार हाल जिल्लामा ३ सय टन डिएपी र २ सय टन युरिया मल रहेको छ ।

जिल्लाका ५ पालिकामा रहेका दर्ता भएका सहकारी मार्पmत मल वितरण हुने कार्य निरन्तर भई रहेको उहाँले बताउनुभयो । जिल्लामा रहेका १०४ वटा सहकारी मार्फत कृषक समक्ष मल उपलब्ध गराईएको सुचना अधिकारी गुप्ताले जानकारी दिनुभयो । जिल्लामा मल आउने क्रम जारी रहेको बताउँदै सुचना अधिकारी गुप्ताले जिल्लावासीलाई पर्याप्त हुने मल आउन नसक्ने स्पष्ट पार्नुभयो । मलको मूल्य निर्धारण भने स्थानीय पालिकाले सिफारिस गरेअनुसार हुने उहाँले बताउनुभयो ।

बाणगंगामा २१ वटा सहकारीमार्फत मल वितरणको कार्य भईरहेको बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेष बहादुर के.सी. ले जानकारी दिनुभयो । कृषि शाखा प्रमुख के.सी.का अनुसार बाणगंगामा करिब ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने अनुमान गरिएको छ ।

मल निरन्तर रुपमा आउने क्रम जारी रहेको तर कृषकलाई आवश्यक पर्ने मलको मात्रा भने आउन नसक्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

सम्बन्धित् समाचार