गृहपृष्ठ Featured आश्रय गृहका ६ जनालाई न्यानो कपडा वितरण

आश्रय गृहका ६ जनालाई न्यानो कपडा वितरण

कपिलवस्तु : लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा साथी संस्था कपिलवस्तुले आश्रय गृहमा रहेका ६ जनालाई न्यानो कपडा बितरण गरेको छ । कपिलवस्तु नगरपालिको सहयोगमा तौलिहवामा उहाँहरुलाई ट्राउजर, टोपी, स्वीटर, सुरुवाल, मोजा र किचेन सु सहीतको सेट बाडिएको हो ।

जिल्ला समन्वय समितिकी प्रमुख तारावती चौधरी, नगरपालिकाका उप मेयर लक्ष्मी गुप्ता नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतको टोलीले उनीहरुलाई न्यानो कपडा सेट हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा समन्वय समितिका उप प्रमुख चौधरीले लैगिंक हिंसा न्युनीकरण गर्न सबैको साझा प्रयास अवश्यक रहेको बताउनु भयो । आश्रय गुहमा रहेका महिलालाई सहयोग गर्न उनले आग्रह गर्नु भयो ।

सो अवसरमा वडा अध्यक्ष गैरेले लैगिक हिंसाको सुरुवात घरबाटै गनेै गरिएको बताउनु भयो । उहाँले छोरीलाई घर घरायसी काममा लगाएर छोरालाई बिभेद गर्ने गरिएको बताउनु भयो । उहाँले छोरा र छारीलाई समानरुपमा हेर्नु पर्ने बताउनुभयो ।

सम्बन्धित् समाचार