अशोक पौडेल
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ पिपरामा रहेको पिपरा अस्पतालले आजबाट एक्स रे सेवाको सुरुवात गरेको छ । अस्पताल स्थापनाको १० बर्षपछि एक कार्यक्रमकाबिच अस्पतालले आजबाट एक्स–रे सेवाको सुरुवात गरेको हो ।
एक्स–रे सेवाको सुरुवात कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारुले आफु पदमा रहेपनि नरहेपनि अस्पतालको बिकासमा निरन्तर लाग्ने बताए । अस्पतालका अध्यक्ष समेत रहेका प्रमुख थारुले पिपरा अस्पतालले जनताको बिश्वास जित्दै थप सेवा बिस्तारमा नगरपालिका निरन्तर लागी रहेको बताए । सो अवसरमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, वडा नः २ का अध्यक्ष बिष्णु पौडेल, पिपरा अस्पालकी, सरस्वति भण्डारी, सरस्वती पन्थी लगायतले आआफनो धारणा राखेका थिए ।
कार्यक्रममा नगरपालिकाका उप प्रमुख चक्र अर्याल, वडा नः १० का वडा अध्यक्ष रामबिहारी थारु, अस्पतालका निमित्त मेसु आन्नद अधिकारी पत्रकार अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।
पदमा रहेपनि नरहेपनि पिपरा अस्पतालको बिकासमा लाग्छु ः मेयर थारु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैनालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
११ घण्टा अघि








