गृहपृष्ठ Featured भृकुटीमण्डपमा देउवाको पक्षमा चल्यो चर्को नाराबाजी

भृकुटीमण्डपमा देउवाको पक्षमा चल्यो चर्को नाराबाजी

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजबाट शुरु भएको छ। जसअन्तर्गत भृकुटीमण्डपमा भर्खरै उद्घाटन सत्र सकिएको छ।उद्घाटनसत्रको अन्त्यमा सभापति शेरबहादुर देउवा सम्बोधनका लागि पोडियमतर्फ जाँदै गर्दा समर्थकहरुले उत्साहका साथ नाराबाजी गरेका थिए।

देउवाले सम्बोधन गर्दैगर्दा पनि समर्थकहरुले हुटिङसहित उनको समर्थनमा नारा लगाएको सुन्न सकिन्थ्यो। देउवाले बोल्दाबोल्दै बीचमा नाराबाजी नगर्न समर्थकहरुलाई आग्रह समेत गरेका थिए।

देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रह गर्दै मन्तव्य टुंग्याए। उनको सम्बोधन धेरै लामो थिएन।

उद्घाटनसत्र सकिइसकेपछि पनि देउवाको समर्थनमा नाराबाजी रोकिएन। समर्थकहरुले नारा लगाइरहे- ‘नेपाली कांग्रेस के भन्छ, शेरबहादुर देउवा ले भन्छ!’, ‘शेरबहादुर देउवा जिन्दावाद्!’।

सम्बन्धित् समाचार