वीरगंज : पर्सा प्रहरीले वीरगंजबाट पोखरा जाँदै गरेको मालबाहक ट्रकमा भन्सार छलीको सामान फेला पारेपछि नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलीको सामान बोकेर पोखरातर्फ जाँदै गरेको ना ३ ख २२९ नम्बरको मालबाहक ट्रकलाई चालकसहित नियन्त्रणमा लिएको हो।
चेकिङको क्रममा बिलबिजकमा उल्लेख गरिएभन्दाभन्दा बढी लत्ता कपडा तथा खुद्रा मालबस्तुहरु ट्रक लोड गरिएको पाइएपछि चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ निवासी २५ वर्षीय सागर रायलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जनाए। बरामद सामग्री र ट्रकको दाम ५० लाख मूल्यांकन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले बताए।
रायविरुद्ध राजस्व छली सम्बन्धी कसूरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।








