गृहपृष्ठ Featured माओवादी बुटवलमा चरम विवाद : अझै नेतृत्व चयन हुन सकेन

माओवादी बुटवलमा चरम विवाद : अझै नेतृत्व चयन हुन सकेन

बुटवल : नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर नेतृत्व छान्ने विषयमा चरण विवाद देखिएको छ । गत मंसिर १८ गते पूर्वमन्त्री एवं प्रदेश इन्चार्ज चक्रपाणि खनाल ९बलदेव ०ले उद्घाटन गरे पनि आज सम्म नेतृत्व चयन गर्न सकेको छैन । सहमतिमा नेतृत्व चयनका नाममा अधिवेशन सकिए पनि अहिलेसम्म उपमहानगर कमिटी नेतृत्वविहीन अवस्थामा रहेको हो । विवादका कारण प्रदेश प्रतिनिधि पनि छनौट गर्न सकेको छैन ।

केही नेताहरूले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको भन्दै यहाँका पुराना नेता कार्यकर्ताले विरोध जनाइरहेका छन् । अधिवेशनले नगर प्रतिनिधि छनौट गरे पनि पदाधिकारी र प्रदेशमा जाने प्रतिनिधिमा विवाद देखिएको छ । प्रदेश प्रतिनिधिको ९ पदमा २३ जनाको उम्मेदवारी छ । निर्वाचन समितिका संयोजक निमान्द गैरेले प्रदेशको प्रतिनिधि चाँडै टुङ्गाउने बताए ।

नेतृत्वमा नारायण बन्जाडे, मनोज राना, मञ्जु भुसाल, मणि भट्टराई ,विष्णु ढकाल, पुष्पराज ढकाल लगायत आउन खोजेका छन् । तर न निर्वाचनको प्रक्रिया अगाडि बढाइएको छ न त सर्वसम्मत रूपमा छनौट गर्न सकिएको छ

सम्बन्धित् समाचार