गृहपृष्ठ Featured एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन

एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् । एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा बोहोरालाई परिषदको अध्यक्षमा चयन गरेको हो ।

बोहोरा उमेर हदका कारण यस वर्षबाट कार्यकारी भूमिकाबाट बाहिरिएका थिए । एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष थिए । बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गरेका छन् ।

सम्बन्धित् समाचार