गृहपृष्ठ Featured बाणगंगा- २ को जनप्रेमी युवा क्लवद्धारा कोठी खोलाको पिक्निक स्थल सरसफाई

बाणगंगा- २ को जनप्रेमी युवा क्लवद्धारा कोठी खोलाको पिक्निक स्थल सरसफाई

वैखरी अनलाइन : कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ पिपरामा रहेको जनप्रेमी युवा क्लवले कोठी खोलाको पिक्निक स्थलको सरसफाई गरेको छ । पिक्निक स्थलको आर्कषण बढाउन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न क्लवले सो ठाउमा सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रममा पुगेका वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले वातावरणीय सुन्तुलन कायम गर्न र पिक्निक स्थलको सुन्दरता बचाई राख्न यस्ता सरसफाईको कार्यले विशेष भूमिका निर्वाह गर्ने बताउनुभयो । वडाध्यक्ष पौडेलले गाउँ, समाजमा एउटा सकारात्मक सन्देश प्रवाह गर्न क्लव सफल भएको भन्दै खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता उदाहरणीय कार्य गर्दै जान आग्रह समेत गर्नुभयो ।

क्लवले वडाका विभिन्न क्षेत्रमा समय सापेक्ष सरसफाई कार्यक्रमको आयोजना गर्दै आएको र निरन्तर गर्दै जाने क्लवका अध्यक्ष दिलिप गाहाले बताए ।

सो अवसरमा वडा नं. २ का वडा अध्यक्ष बिष्णु पौडेल, युवा समाजसेवी कृष्ण कार्की, हरि न्यौपाने, कमल क्षेत्री लगायत क्लवका सदस्यहरुको सहभागिता रहेको थियो । जनप्रेमी युवा क्लवले सामाजिक बिकासका क्षेत्रमा विगतदेखि नै काम गर्दै आएको छ ।

सम्बन्धित् समाचार