पाल्पा–बुटवल सडक दैनिक सात घण्टा बन्द हुने
बुटवल : सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनसम्म दैनिक सात घण्टा बन्द हुने भएको छ।सडक डिभिजन कार्यालयले उक्त राजमार्ग चौडा गर्न आजदेखि पुस १३ गतेसम्म राति ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाएको हो।
सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौँडेपुलसम्म सडक चौडा बनाउनका लागि पहाड कटान गर्न लागिएको बताइएको छ।








