गृहपृष्ठ Featured सिरहामा माइक्रो बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिरहामा माइक्रो बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिरहाः लहान नगरपालिका–२२ मा आज बिहान माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ना १ ज ५८२७ नम्बरको माइक्रो र स १० प ८४०३ नम्बरको मोटरसाइकल बिहान सवा तीन बजे आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ती पुरुषको उपचारको क्रममा लहान स्थित माँ धमिनी अस्पतालमा मृत्यु भएको हो । घाइते भएका एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित् समाचार