कपिलवस्तु : तौलिहवा आँखा अस्पतालमा ४६ जना बिपन्न र असाहयहरुको निःशुल्क मोतिया बिन्दुको अप्रेशन गरिएको छ । हेल्पिङ हेन्डको सहयोग तथा ह्युमन रिलिफ अर्गनाईजेशनको आयोजनामा सो अप्रेशन गरिएको हो । सो संस्थाले कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरामा निःशुल्क आखा शिबिर राखेको थियो ।
शिबिरमा २ सय ७४ जनाले आँखाको जाँच गरेको अर्गनाईजेशका उपाध्यक्ष ताहिर महमुदले बताए । शिबिरमा २ जना जर्नल फिजिसिएन डाक्टरले बिरामीहरुको जा समेत गरेको थिए भने औषधी समेत निःशुःल्क बितरण गरिएको थियो । सो शिबिरमा फेला परेका ४६ जनाको तौलिहवा आखा अस्पतालमा अप्रेशन गरिएको तौलिहवा अस्पतालमा प्रमोद यादवले बताए । हेल्पीङ हेन्डका मेनेजर जीवा पोख्रेलले आफनो स.सथाले कपिलवस्तु लगायतका देशका बिभिन्न जिल्लामा गरिब र बिपन्नहरुकालागि बिभिन्न सेवामुलका काम गर्दै आएको बताए ।
उनले स्वास्थ्य शिबिर, स्वास्थय सामाग्री बितरण, आयमुलक कार्यक्रम लगायत जारी राखिएको बताए । मोतिया बिन्दुको निःशुल्क अप्रेशन सेवा पाएका गरिब र बिपन्नहरुले आफुहरुले नया जीवन पाएको बताए । उनीहरुले आफुहरुले अब राम्ररी आखा देख्ने भन्दै खुशी ब्यक्त गरे । आफुहरुलाई सहयोग गर्ने संस्थाप्रति उनीहरुले आभार ब्यक्त गरे ।








