गृहपृष्ठ Featured तिलोत्तमा रूपन्देहीको पहिलो बालमैत्री नगर घोषणा

तिलोत्तमा रूपन्देहीको पहिलो बालमैत्री नगर घोषणा

बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिका जिल्लाको पहिलो बालमैत्री नगर घोषणा भएको छ । बुधबार आयोजित विशेष कार्यक्रमबीच पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले तिलोत्तमालाई बालमैत्री नगर घोषणा गरेका हुन् ।

रूपन्देहीका १६ वटा स्थानीय तहमध्ये पहिलो बालमैत्री घोषणा भएको तिलोत्तमा बालमैत्री घोषणा हुने देशभरका पालिकामा भने तेह्रौ भएको छ । यसअघि १२ वटा पालिका बालमैत्री घोषणा भइसकेका छन् । बालमैत्री घोषणाका लागि पूरा गर्नुपर्ने ५१ वटा सूचक पूरा गरी नगरपालिकालाई बालमैत्री घोषणा गरिएको नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

बालमैत्री घोषणाका लागि ५१ वटा सूचकमा ३८ वटामा शतप्रतिशत, ६ वटा सूचकमा ९५ प्रतिशत, एउटा सूचकमा ९० प्रतिशत र ६ वटा सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरी बालमैत्री नगर घोषणा गर्न सकिन्छ। तर तिलोत्तमाले भने ४१ वटामा शतप्रतिशत र १० वटामा मात्रै ९९ प्रतिशत उपलब्धि हासिल गरेको घिमिरेले दाबी गरे ।

सम्बन्धित् समाचार