गृहपृष्ठ Featured ज्ञानेन्द्रसहित ४ खेलाडीमाथि कारबाही, नयाँ कप्तानमा सन्दीप लामिछाने

ज्ञानेन्द्रसहित ४ खेलाडीमाथि कारबाही, नयाँ कप्तानमा सन्दीप लामिछाने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई बर्खास्त गरेको छ। क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो।

बैठकले कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ। बैठकले आचारसंहिता उल्लंघनको आरोपमा मल्ललाई कारबाही गरेको हो। उपकप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारी पनि खोसिएको छ।

मल्ल र ऐरीसहित चार खेलाडीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्राक्टमा सुरुको ६ महिना सहभागी नगराउने निर्णयसमेत क्यानले गरेको छ।

सम्बन्धित् समाचार