काठमाडौँ : कांग्रेस दलिततर्फ सहमहामन्त्रीमा जीवन परिवार निर्वाचित भएका छन् । बिहीबार राति सार्वजनिक परिणामअनुसार प्रतिद्वन्द्वी मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले हराउँदै परियार निर्वाचित भएका हुन् ।
परियारले २२१२ मत पाए भने विश्वकर्माले २१७५ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा परेका गंगा सुनारले २२९ मत पाइन् । मतपरिणाम औपचारिक घोषणा हुन बाँकी छ ।
विजयी परियार शेखर कोइराला प्यानल र विश्वकर्मा शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका थिए ।
कांग्रेस आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे र महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएका छन् । उनीहरु दुवै देउवा प्यानलका हुन् ।








