कपिलवस्तु : नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन कपिलवस्तुको भोलि (शनिबार) हुने अधिवेशनको तयारी अन्तिममा चरण पुगेको छ । भोलि बिहान ९ बजे गोरुसिंगेमा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको उपाध्यक्ष सुन्दर पाण्डेले जानकारी दिनुभएको छ । भोलि ९ बजेबाट सुरु हुने अधिवेशनमा विभिन्न सांगठनिक प्रतिवेदनहरु प्रस्तुत हुने छ भने बन्द सत्रपछि निर्वाचन प्रक्रिया सुरु हुने उपाध्यक्ष पाण्डेले बताउनुभयो ।
यस्तै भोलि हुने अधिवेशनले प्याब्सनको नयाँ नेतृत्व समेत चयन गर्ने छ । जसको लागि हिजो (बिहिबार) नै उमेद्धवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
जस अनुसार अध्यक्षमा २ जनाको उमेद्धवारी परेको छ । प्याब्सन जिल्ला अध्यक्षका लागि होराइजन आवासिय मावि सिद्धिपुरका प्राचार्य बासुदेब घिमिरे र लिटिल स्टार बोर्डिङ स्कुल ओदारीका प्राचार्य सुन्दर पाण्डेको बीच प्रतिस्पर्धा हुन लागेको हो । पाण्डे हाल प्याब्सनको जिल्ला उपाध्यक्ष हुनुहुन्छ । हाल नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन कपिलवस्तुमा ७९ जना सदस्य छन् ।







