अराज बेल्बासे (अर्घाखाँची) : जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ मा अवस्थित सरस्वती माविले स्थापना भएको ६१ बर्षमा पहिलोपटक स्थापना दिवस मनाएको छ । २०१७ साल पुस ५ गते स्थापना भएको यो बिद्यालय कक्षा १ बाट सुरु गर्दै अहिले कक्षा १२ सम्म अध्ययन हुने गरेको छ ।

कार्यक्रममा बिद्यालयका सहायक प्रअ धर्मराज खनालले स्थापनाकाल देखिको सक्षिप्त प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रम स्वागत गर्दै बिद्यालयका प्रअ खुम प्रसाद बेल्बासेले बिद्यालयका शिक्षक,अभिभावक ,ब्यवस्थापन समिति सबैको साथले बिद्यालयले राम्रोनतिजा प्राप्त गर्न सफल भएको बताउनु भयो ।बिद्यालय सफल बनाउन अभिभावक र समितिको प्रमुख हात र सहयोग हुने भएकोले अहिले सम्म सबैको साथ पाएकोले काम गर्न समेत सजिलो भएको बेल्बासेले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभासदस्य रामजि घिमिरेले बिद्यालयको लामो इतिहासमा उल्लेखनिय काम गर्दै आएकोमा प्रशंसा गर्नु भयो अग्रजहरुले मेहनतका साथ स्थापना गरेको बिद्यालय टिकाउन वडा नम्बर २ बासीको एकताले बिद्यालयमा अहिले १२ कक्षा सम्म अध्यन हुन थालेको र आगामी दिनमा अहिलेको शिक्षा पद्धतिले रोजगारी सिर्जना गर्न नसक्ने भएकोले अब रोजगारमुलक शिक्षामा जोड दिन बिद्यालयलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले बालबालिकाहरुलाइ घरबाटै अनुसासन सिकाउन पर्नेमा जोड दिनु भयो । बालबालिकाको प्रमुख पाठशाला घर र बाबुआमा हुने भएकोले घरबाटै प्रारम्भिक शिक्षाको सुरुवात हुने बताउनु भयो । प्राबिधिक शिक्षा शितगंगामा सञ्चालन गर्न पटक पटक पहल गरे पनि प्रदेस सांसद बाटै सहयोग नभएको अधिकारीले गुनासो गर्नु भयो । सांसदले शितगंगामा सिफारिसनै नदिएको तर आफ्नो क्षेत्रमा २ वटा प्राबिधिक बिद्यालय खालेर शितगंगा बासिलाइ उपेक्षा गरेको नगरप्रमुख अधिकारले आरोप लगाउनु भयो ।
कार्यक्रममा बिद्यालयमा अध्यापनरत पुर्व शिक्षकहरुलाइ सम्मान गरिएको थियो ।








