कपिलवस्तु ५ पुस ।कपिलवस्तु सदरमुकाम तौलीहवाको जमुहार देखी विजनगर गाउँपालीकाको तुरन्तपुर सम्म जोडिने ५० किलोमिटर हुलाकी सडक निर्माणको काम सुचारु भएको छ । ठेकदार पक्षले निर्माण अवधि २०८० सालसम्म भएको बताउँदै सडक, नाली भत्काएर लामो समयसम्म सडक लथालिंग हुँदा आवतजावतमा स्थानीयलाइ निकै समस्या हुँदै आएको थियो । राष्टिय गौरवको आयोजना अन्र्तगत करिव तीन अरव रुपैयाँको लागतमा तौलिहवा बजार क्षेत्रमा पर्ने मुख्य सडक ठेकेदार शर्मा एन्ड शर्मा कम्पनीले निर्माणको जिम्मा पाएको थियो ।
स्थानीयबासिन्दा, प्रशासन र हुलाकी सडक आयोजनाले ठेकदार पक्षलाई सडक निर्माण गर्न दवाव दिएसँगै हाल आएर कामले तिव्रता पाएको हो । विगतमा वर्षातको समय र कोभिडका कारण निर्माणमा केही ढिला भएपनि हालआएर ५१ प्रतिशत काममा प्रगती भएकाले समयमै सम्पन्न हुने हुलाकी सडक आयोजनाका इन्जीनियर शरद आचार्यले जानकारी दिनुभयो । पर्यटकिय नगरी तिलौराकोट लगायका स्थानमा पर्यटकका साथै स्थानीयले आवतजावत गर्ने सडक यहीं पर्दछ ।








