वैखरी अनलाईन : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आउनु भएको छ । जिल्लाको निर्वाचन क्षेत्र ३ बहादुरगंजमा ओली आउने कार्यक्रमको लागी सम्पूर्ण तयारी पुरा भईसकेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ । यो समाचार तयार पर्दै गर्दा ओलीले सम्बोधन गरि रहनुभएको छ ।
उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि कपिलवस्तुका लोकप्रिय नेता मंगल प्रसाद गुप्तासहित ५ हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने तयारी रहेको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले दाबी गर्नुभएको छ ।








