बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कालिका मानव ज्ञान माध्यमिक विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्तिहरु उत्पादन गर्नु पर्ने बताएका छन् । नेपाल अरवको सागरमा जाने मजदुरहरु जन्माउने मुलुक नभएको बताउँदै कालिका मानव ज्ञान जस्ता विद्यालयले आफ्नै गाउँ घरको सेवामा समर्पित हुने जनशक्तिहरु उत्पादन गर्नु पर्ने बताएका हुन् ।
कालिका मानव ज्ञान माध्यमिक विद्यालयको ६१ औँ बार्षिकोत्सवको अवसरमा आज बुधबार आयोजित मुल समारोह कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले यस्तो बताउनुभएको हो । मुख्यमन्त्री केसीले कालिका मानवज्ञानबाट अन्य विद्यायलले पनि धेरै कुरा सिक्न सक्ने बताउँदै विद्यालयको शिक्षा र भौतिक विकासका लागि राज्यले आवश्यक सहयोग गर्ने बताए ।
मुख्यमन्त्री केसीले शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा विचार धाराले भन्दा पनि मुलुकको अभिष्ट लक्ष्यले धेरै ठूलो काम गर्ने बताएका छन् ।







