कपिलवस्तु, पुस ७ : खाद्य तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तु र घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले संयुक्त रुपमा वाणगंगा नगरपालिकाका पसलहरुमा अनुगमन गरेको छ । बाणगंगाको चारनम्बरमा रहेको पाण्डे स्वीट करर्नबाट ४ किलो लेवल नगरि विक्रीका लागि राखिएको घिउ, मिष्ठान्नका लागि प्रयोग हुने कलरहरु भेटिएको सरसरफाईका कुराहरुमा पनि कमि रहेको पाईएको छ । न्यू कृष्ण किराना पसलमा ५ प्याकेट सुमा फुड प्रोटक्ट वाणगंगा ४ दरखास्तमा रहेको उद्योगले उत्पादन गरेको ५ प्याकेट पाउरोटी ५प्याकेट समोसा ५ प्याकेट टोस उत्पादन मिति मूल्य केही नभएकोले सो स्थानमा न्यू कृष्ण किराना पसलबाट वरामद गरिएको थियो । गैरे मिष्ठान्न भण्डार ४ नम्बर कपिलवस्तुमा व्यवसाय नवीकरण नभएको पाईएकोले सो नविकरण पौष भित्र तत्काल गर्नका लागि निर्देशन दिईएको छ ।
पोख्रेल किराना पसल वाणगंगा नगरपालिका ४ नम्बरवाट पनि सुमा फुड प्रोडक्ट कै ४ प्याकेट ब्रेड र ४ प्याकेट पाउरोटी घिमिरे किराना पसल ४ नम्बरले खाद्य सम्बन्धी सवै नियम प्रक्रिर्या पुर्याएकोले सो पसललाई खाध्य तथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुख शिव शंकर मिश्रले धन्यवाद ज्ञापन गर्नु भयो । त्यस्तै वाणगंगा ७ घेरवा वनगाईमा रहेको होटल जुनकीरीबाट ३ वटा आधा लिटरको जम्बो स्प्राईट, २ वटा वटा डिउ, आधा लिटरको अरुणा पाउरोटी उद्योग वाणगंगा ७ वनगाईले उत्पादन गरेको लेवल नगरिएको २ वटा ब्रेडको प्याकेट वरामद गरिएको थियो भने खरेल शुभ किराना पसल वाणगंगा ७ बनगाईबाट जुस पाउडर २ प्याकेट,ओडी जनरल स्टोर्स वाणगंगा ७ वनगाईमा कुनै पनि म्याद गुज्रीएका खाध्य वस्तु नभेटीको नमस्ते कपिलवस्तु रेष्टुडेण्ट एण्ड लजमा पनि कुनै पनि म्याद गुज्रीका खाध्य वस्तु नभेटीएको र सरसफाईमा पनि उत्कृट रहेको पाईएको छ ।
केएचडी किराना पसल कोईली वनगाईबाट सुमा फुड प्रोटक्ट कै ५ प्याकेट ब्रेड,पाउरोटी ३ प्याकेट समोसा ५ प्याकेट तथा प्रतिबन्दीत सुर्तीजन्य पदार्थ जवर सुर्ती पनि बिक्रिका लागि राखिएको पाईएको छ । कुस्मेली तथा जनरल स्टोस बाणगंगा ७ कोईली वनगाईबाट ६०० एमएलको ४ वटा डिउ ,पाण्डे किराना पसल कोईली वनगाई पसल नै दर्ता नभएको पाईएकोले तत्काल दर्ताका लागि निर्देशन दिईएको थियो ।








