गृहपृष्ठ Featured एसियन सेन्ट्रल जोन भलिबल : नेपाली महिला टोलीको विजयी सुरुआत

एसियन सेन्ट्रल जोन भलिबल : नेपाली महिला टोलीको विजयी सुरुआत

काठमाडौं : साविक विजेता नेपालले एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ। बंगलादेशको ढाकमा बिहीबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकामाथि ३–२ को रोमाञ्चक पुनरागमन जित निकाल्दै विजयी सुरुआत गरेको हो।

ढाका मिरपुरस्थित साहिद सुरवार्दी इन्डोर स्टेडियमम सम्पन्न खेलमा नेपालले पहिलो सेट १९–२५ र दोस्रो सेट २१–२५ ले गुमाउन पुगेको थियो।

तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्दै नेपाल खेलमा फर्किएको थियो। यस्तै, चौथो सेटमा २५–१९ र पाँचौ तथा निर्णायक सेटमा १५–१३ को जित निकाल्न सफल भयो।

अब नेपाली महिला टोलीले २४ डिसेम्बरमा माल्दिभ्ससँग खेल्नेछ । २५ डिसेम्बरमा घरेलु टोली बंगलादेशसँग तथा लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने छ। शीर्ष दुई टोलीले फाइनल खेल्ने छ।

सम्बन्धित् समाचार