गृहपृष्ठ Featured १२औं कपिलवस्तु महोत्सवका बिषयमा सरोकारवालाबिच बृह्त छलफल

१२औं कपिलवस्तु महोत्सवका बिषयमा सरोकारवालाबिच बृह्त छलफल

१२ औं कपिलवस्तु महोत्सवका बिषयमा कपिलवस्तु उद्योग बाणिज्य संघले सबै सरोकारवाला निकायहरुका माझमा बृह्त छलफल गरेको छ । सरोकारवालाले महोत्सबको तयारी, सुरक्षा ब्यबस्था, संचार, स्वाथ्यको ब्यबस्था, महोत्सबको आम्दानी खर्च लगाएतका बिषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए । सहुलियत दरमा स्टलको ब्यवस्थापन गर्नुपर्ने ,स्थानिय कला संस्कृतिलाई जोड दिएर उठाउनुपर्ने , सयमको मध्यनजगर गर्दै सास्कृतिक कार्यक्रमहरु समयमै गर्नुपर्ने लगाएतका बिषयबस्तुहरु उठाएका थिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले महोत्सवलाई प्रदेश स्तरमै जोडेर अघि बढनुपर्नेमा जोड दिनुभयो । यसका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईले स्थानिय उत्पदानलाई प्राथमिकतामा राख्दै जिल्ला र नगरका ऐतिहासिक ठाउहरुको पहिचानलाई महोत्सवबाट जोड्नुपर्ने बताउनुभएको छ । यहीँ माघ १४ गतेबाट १० दिनसम्म सञ्चालन हुने गरी महोत्सवको सञ्चालनका लागी तयारी सुरु भएको आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भयो ।

महोत्सव सफल पार्नका लागी यसअघिनै बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर संयोजक रहने गरी प्रस्तावना लेखन तथा पुर्व तयारी उपसमिति गठन भईसकेको छ । प्रस्तावना लेखनका काम पुरा भइसकेको रेश्मीले बताउनु भयो । कोरोना महामारी कारण बिगत २ बर्ष महोत्सव सञ्चालन हुन नसकेको भएता पनि यस बर्ष महोत्सवलाई ऐतिहासिक बनाउने योजना रहेको सघंका महासचिव मनोज पौडेलले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार