गृहपृष्ठ Featured तवनमा बस र ट्रक आपसमा ठक्कर खाँदा ११ जना घाइते

तवनमा बस र ट्रक आपसमा ठक्कर खाँदा ११ जना घाइते

चितवन : चितवनमा बस र ट्रक आपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउँसो पौने ३ बजे भरतपुर महानगरपालिका–२९ स्थित भतेरी जंगलमा वीरगञ्जबाट काठमाडौं गइरहेको बा ३ ख ९६७९को बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ५८६६ नम्बरको ट्रक आपसमा ठक्कर खांँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनाबाट दुवै सवारीसाधनका चालक सहित ११ जना घाइते भएका र तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

३ बजेर ५ मिनेटमा क्रेनको सहायताबाट अवरुद्ध नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो।

सम्बन्धित् समाचार