पुस १४, काठमाडौँ । उपत्यका आसपासका पहाडमा मंगलबार रातिदेखि हिउँ परेको छ । चन्द्रगिरी डाँडा हिउँ परेसँगै बुधबार बिहानैदेखि हिउँ खेल्न जानेहरु बढेका छन् । उनीहरुको चिसोको प्रवाह नगरी हिउँमा खेल्न पाउँदा निकै रमाएका देखिन्थे ।
पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरीलगायतका डाँडामा हिउँ परेको छ ।










