गृहपृष्ठ Featured कपिलवस्तुमा फिटकिरी र चिनीको रसलाई ‘मह’ भनेर बेच्नेको बिगबिगी 

कपिलवस्तुमा फिटकिरी र चिनीको रसलाई ‘मह’ भनेर बेच्नेको बिगबिगी 

कपिलवस्तु : फिटकिरी र चिनीको रसलाई मह भनेर बेच्नेलाई मौरी पालक महासघं कपिलवस्तुले कारवाही गरेको छ ।
मौरी पालक महासघं कपिलवस्तुका अध्यक्ष नारायण पौडेल , जिल्ला सदस्य कृष्णलाल भारती, समाजसेवी रहिश शाह लगायतको टोलिले नक्कली मह बेच्ने राजेश नेटलाई फेला पारी मह नष्ट गरि आइन्दा त्यसो नगर्न आग्रह समेत गरेको छ ।

भारत सिद्धार्थनगर जिल्ला मोहनेका राजेशले फिट्किरी र चिनिको मह बेच्दै गर्दा चन्द्रौटामा फेला परेका थिए । राजेशको साथबाट ५ लिटर अबैध मह फेला परेको थियो ।

बरामद मह स्थानीयको रोहबरमा चन्द्रौटामा नष्ट गरिएको छ । पछिल्लो समय नक्कली मह बेच्नेको विगविगी रहेको छ ।

सम्बन्धित् समाचार