वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगामा सडक खाना महोत्सव हुने भएको छ । बाणगंगाको जितपुर चोकमा पुस २९ र ३० गते प्रथम बाणगंगा सडक खाना महोत्सव हुन लागेको हो ।
सो अवसरमा बिभिन्न खानाका परिकार रहने गरी १५ वटा बढि स्टल रहने सडक खाना महोत्सवका संयोजक बुद्धि बहादुर रोकाहा(दिनेश क्षेत्री)ले बताए । नेपाली खानाका बिषेश परिकार रहने गरी सडक खाना महोत्सव आयोजन ागर्न थालिएको क्षेत्रीले बताए ।
बाणगंगा नगरपालिका वडा नः ४ को आयोजनामा हुन लागेको सडक खाना महोत्सवमा स्थानिय कलाकारसहित राष्ट्रीय कलाकालहरुको पनि बेजोड प्रस्तुती रहने निर्देशक शुसिल सिंह ठकुरीले वैखरी अनलाइनलाई बताए ।








