वैखरी अनलाईन : नेपाली कांग्रेस कपिलवस्तुले जिल्ला कार्यसमिति सदस्यमा ७ जनालाई मनोनित गरेको छ । मंगलबार जिल्ला सभापति अब्दुल कलामले नेपाली कांग्रेसको विधान–२०१७ (संशोधन सहित) परिच्छेद–घ को १२– १(ख) २ बमोजिम जिल्ला कार्य समिति कपिलवस्तुको सदस्यमा ७ जनालाई मनोनित गर्नुभएको पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरीले वैखरी अनलाईनलाई जानकारी दिनुभएको छ ।
मनोनित हुनेहरुमा बाणगंगा नगरपालिका वडा नं. १० का रवि बहादुर काफ्ले, शिवराज नगरपालिका वडा नं. ५ का हरि प्रसाद पोख्रेल, बाणगंगा नगरपालिका वडा नं. १ का देवेन्द्र कुमार रायमाझी, यशोधरा गाउँपालिकाका अब्दुल करिम मुसलमान, कपिलवस्तु नगरपालिका वडा नं.३ का बसन्ती कुमारी सिंह रहेका छन् ।
यस्तै कपिलवस्तु नगरपालिकाकै बासुदेव प्रसाद गुप्ता र तारा प्रसाद मिश्रा रहेका छन् ।









