गृहपृष्ठ Featured भारतमा थपिए २ लाख ८२ हजार कोरोना संक्रमित

भारतमा थपिए २ लाख ८२ हजार कोरोना संक्रमित

काठमाडौँ : भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप २ लाख ८२ हजार ९ सय ७० जना संक्रमित भएका छन् । भारतको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार मंगलबार परीक्षण गरिएका १५।१३ प्रतिशतको रिपोर्ट पोजिटिभ आएको हो ।

भारतको मुम्बईमा कोरोना भाइरस परीक्षणका लागि आइतबार स्वाब लिँदै स्वास्थ्यकर्मी । तस्बिरः रोयटर्स
योसँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७९ लाख १ हजार २ सय ४१ पुगेको छ ।

भाइरसको संक्रमणका कारण सो अवधिमा थप ४ सय ४१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार २ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, १८ लाख ३१ हजार जना सक्रिय संक्रमणको अवस्थामा छन् । यो कुल संक्रमितको ४।८३ प्रतिशत हो । भारतमा पछिल्लो समय ओमिक्रोन भेरिएन्टको संक्रमण पनि तीव्र बन्दै गएको छ । हालसम्म ८ हजार ८ सय ६१ जना ओमिक्रोनबाट संक्रमित भएको मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

भारतमा एक लाख ८८ हजार १ सय ५७ जना कोरोनाबाट मुक्त भएका छन् । यससँगै संक्रमण सुरु भएयता ३ करोड ५५ लाख ८३ हजार ३९ जना निको भएको छ ।

सम्बन्धित् समाचार