अर्घाखाँची : मन्दिर परिसरका बासिन्दाहरूमा कोरोना संक्रमण पुष्टि भएपछि धार्मिकस्थल सुपा देउरालीको मूलद्वार बन्द गरिएको छ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रूपमा फैलिएको र मन्दिर परिसरका बासिन्दामा कोरोना संक्रमण पुष्टि भएका कारण माघ ७ गतेदेखि मन्दिरको मूलद्वार बन्द गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रीतम थापाले जानकारी दिए।
मन्दिरको ढोका बन्द गरिए पनि मन्दिरमा दर्शन गर्ने भक्तजनको आवत, जावत र नियमित हुने नित्यपूजा, बलि दिने कार्य भने नरोकिने थापाले बताए।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिएका कारण सरकारले भीड हुने क्रियाकलाप गर्न सरकारले रोक लगाएको छ।








