गृहपृष्ठ Featured आईपीएल : लखनउ र अहमदाबादले छाने तीन/तीन खेलाडी

आईपीएल : लखनउ र अहमदाबादले छाने तीन/तीन खेलाडी

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को दुई नयाँ टिम अहमदाबाद र दखनउले मेगा अक्सनअघि तीनरतीन जना खेलाडी छनोट गरेका छन् । अहमदाबाद र लखनउले शुक्रबार राति प्रारम्भिक ३ खेलाडी छनोट गरेका छन् ।

लखनउले पञ्जाव किंग्सका पूर्वकप्तान केएल राहुल, मार्कुस स्टोइनिस र रवि बिश्नोईलाई छनोट गरेको हो । लखनउले केएल राहुललाई टिमको कप्तानसमेत बनाउने घोषणा गरिसकेको छ । लखनउले राहुललाई १७ करोढ भारु, स्टोइनिसलाई ९.२ करोड र अनक्याप्ड बिश्नोईलाई चार करोड भारुङ्गा अनुबन्ध गरेको हो ।

यस्तै अहमदाबादले मुम्बई इन्डियन्सका पूर्वअलराउण्डर हार्दिक पाण्ड्यासँगै रासिद खान र शुभमन गिललाई छनोट गरेको छ । अहमदाबादले हार्दिक र रासिदलाई समान १५ करोड भारु र गिललाई ८ करोड भारुमा अनुबन्ध गरेको हो ।

लखनउ र अहमदाबाद आईपीएलको नयाँ टिम हुन् । त्यसैले नयाँ टिमलाई मेगा अक्सनअघि तीनरतीन खेलाडी छनोट गर्न दिइएको थियो ।

आईपीएलको मेगा अक्सन फेब्रुअरी १२ र १३ बेंगलुरुमा हुनेछ ।

सम्बन्धित् समाचार