गृहपृष्ठ Featured पाल्पामा किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

पाल्पामा किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

बुटवल : किशोरी बलात्कारको आरोपमा प्रहरीले पाल्पामा एकजनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरी बलात्कारको आरोपमा बर्दियाको मधुवन नगरपालिका-३ घर भई पाल्पाको तानसेन नगरपालिका-६ बस्ने २१ वर्षका सागर चौधरीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित् समाचार