गृहपृष्ठ Featured टी–२० ग्लोबल छनोट : उद्‌घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने

टी–२० ग्लोबल छनोट : उद्‌घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने

काठमाडौं : आईसीसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ को उद्‌घाटन खेलमा नेपालले आयोजक राष्ट्र ओमानसँग खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रबार औपचारिक रुपमा टी–२० ग्लोबल छनोट ‘ए’ को खेल तालिका र समूह सार्वजनिक गरेको हो।

ग्लोबल छनोट ‘ए’ मा नेपालसहित ओमान, बहराइन, क्यानडा, जमर्नी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरि ८ टोली छन्। आईसीसीका अनुसार उद्‌घाटन खेल फागुन ६ मा हुने छ।

फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउने छन्। ग्लोबल टी–२० विश्वकप छनोट ‘बी’ भने जुलाई ११ देखि १७ सम्म जिम्बावेमा हुने छ। छनोट ‘बी’ मा जिम्बावे, हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन्।

सम्बन्धित् समाचार