गृहपृष्ठ Featured गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने

बुटवल : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आज शनिबार विमानस्थल आयोजनाको प्रगति विवरण लिँदै यस्तो बताउनु भएको छ । मन्त्री आलेले विमानस्थल संचालनमा अब कुनै पनि खालको बिलम्ब नहुने गरी योजना बनाइएको तर मौसम प्रतिकूलताका कारण परीक्षण उडानमा ढिलाइ भइरहेको जनाउनु भयो ।

मौसम अनुकूल रहे परीक्षण उडानका लागि थाइल्याण्डदेखि ढिलोमा आउँदो फेब्रअरी २१ अर्थात फागुन ९ गते विमान अवतरण हुने गरी कार्यतालिका तयार पारिएको उँहाले जानकारी दिनुभयो । विमानस्थल अनुगमनमा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली आएको थियो ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्यमान एयर ट्राफिकको समस्या समाधान गर्न पनि जतिसक्दो चाडो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउन जरुरी भएको उनीहरुको भनाइ थियो ।

सम्बन्धित् समाचार