गृहपृष्ठ Featured मोरङबाट चाँदीको अवैध गरगहनासहित एक महिला पक्राउ

मोरङबाट चाँदीको अवैध गरगहनासहित एक महिला पक्राउ

मोरङ : प्रहरीले चाँदीको विभिन्‍न गरगहनासहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनवर्षी नगरपालिका- ९ घर भएकी २९ वर्षीया मन्जु सहनी रहेकी छन् ।

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको ब्यागभित्र चेकजाँचका क्रममा सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले ७ केजी ४६ ग्राम तौल ९पायल ठूलो २० पिस,सानो पायल ११८ पिस, टिकटक पायल ७ जोडी, खुल्ला पायल ८३ जोडी र पातलो पायल २४६ पिस० बराबरको अन्दाजी मुल्य रू ७,००,००० (रू.सात लाख)  बराबरको चाँदीको गहना बरामद गरेको छ ।

पक्राउ परेका उनीलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित् समाचार