गृहपृष्ठ Featured मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक जनाको मृत्यु

नेपालगन्ज : मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक जनाको मृत्यु भएको छ । बैजापुरबाट नेपालगन्ज आइरहेको लु ७६ प ९०९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा प्रशान्त थारुको मृत्यु भएको हो ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत परुवा खोला नजिकै दुर्घटनामा गम्भीर घाइते भएका थारुको नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा शुक्रबार मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले जनाए ।

यस्तै दूध बोक्ने गाडीको ठक्करबाट जिल्लामा एक प्रहरी जवान घाइते भएका छन् । नेपालगन्जको प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान सुरेन्द्र बुढालाई नेपालगन्जदेखि कोहलपुर गइरहेको भे १ प ३६२७ नम्बरको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

तालिमे प्रहरीसँगै दौडिरहका बेलामा गाडीले ठक्कर दिएपछि घाइते प्रहरी जवान बुढाको नर्सिङ होम नेपालगन्जमा उपचार भइरहेको छ ।

सम्बन्धित् समाचार