गृहपृष्ठ Featured जिल्ला प्रशासनद्धारा बुद्धभूमिका विपन्न समुदायलाई न्यायो कपडा

जिल्ला प्रशासनद्धारा बुद्धभूमिका विपन्न समुदायलाई न्यायो कपडा

कपिलवस्तु : जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विपन्न समुदायको वस्तिमा पुगेर न्यानो कपडा वितरण गर्ने कामलाई निरन्तरता दिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिकाका विभिन्न विपन्न वस्तिमा पुगेर प्रशासनले न्यानो कपडा वितरण गरेको हो ।

नगरको वडा नं.९ मा रहेका वादी समुदायका १५ परिवार, वडा नं. ४ मा रहेका कुमाल समुदायका ३३ परिवारलाई जुत्ता ३ सेट, ज्याकेट, ट्राउजर, महिलाको भित्रि कपडा १ गरि परिवारलाई ९ वटा सामग्रीको सेट बाडिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिनुभयो । उक्त कपडा वितरणमा नगर प्रमुख केशव कुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, वडा नं.९ का वडाध्यक्ष चुरामणी न्यौपाने लगायतको सहभागीता रहेको थियो । तराईमा बढ्दो जाडोका कारण आर्थिक रुपमा विपन्न भएका समुदायलाई ज्यानको सुरक्षा स्वरुप न्यानो कपडा वितरण गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

साथै आज शनिबार जिल्लाको शुद्धोधन र मायादेवी गाउँपालिका नेटुवा समुदायका ५१ परिवारलाई कपडा वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार