कपिलवस्तु : स्थानीय तहको निर्वाचको मिति घोषणाको चर्चा चलिरहेका बेला कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र विजय भएका शाह आज एक कार्यक्रमबीच कांग्रेसमा प्रवेश गरेका हुन् । कृष्णनगर नगरपालिका– ८ स्थित मेयर शाहको निवासमा कांग्रेस कपिलवस्तुद्धारा आयोजित बृह्त पार्टी प्रबेश कार्यक्रममा मेयर शाह सहीत चार हजार बढी कार्यकर्ताहरु कांग्रेसमा प्रबेश गरेका पार्टी जिल्ला सभापति अब्दुल कलाम खाँले बताए ।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अमर सिंह पुन, प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्य, पार्टी जिल्ला अध्यक्ष कमालले पार्टी सदस्यता दिई माला लगाएर पार्टी प्रबेश गराएका हो । नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष रमामिलन चौधरी, वहुजन पार्टिका प्रभावशाली नेता चर्तुभुज कहांर शाह परिवारका सदस्य, वडा सदस्यहरु लगायत एक हजारलाई पार्टीको साधारण सदस्ता प्रदान गरिएको छ । सो अवसरमा कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष पुनले आउने स्थानीय तहको निर्वाचनमा कांग्रेसले नै जित्ने बताए । उनले देशब्यापी रुपमा कांग्रेस कै लहर चलीरहेकोले आउने ३ वटै तहको निर्वाचनमा कांग्रेस एक नम्बरको पार्टी हुने दाबी गरे ।
उनले कांग्रेस एकबद्ध भएर जनताको मन जित्ने खालका काम गर्न निर्देशन समेत दिए ।
सो अवसरमा नव प्रबेशी मेयर शाहले शाह परिवारको कांग्रेसप्रतिको रगत, ईतिहास र नाताले आफु चौथो पुस्ताका रुपमा कांग्रेसमा प्रबेश गरेको बताए । आफुले मेयरका रुपमा साढे ४ बर्ष स्वतन्त्र रुपमा ईमान्दारी साथ काम गरेकोले जनताले त्यसको मुल्यांकन गर्ने बताए । पार्टी अध्यक्ष कलामको अध्यक्षता पार्टी सचिव प्रेम बहादुर सिंह रायमाझीको संचालनमा भएको कार्यक्रममा सांसद अत्तहर कमाल मुसलमान, सांसद अभिषेक प्रताप शाह, नेता राजेश सिंह, सुधारक पाण्डेय, पार्टी सचिव शक्ति सिंह ठकुरी लगातयले शुभकामना मन्तब्य राखेका थिए ।








