गृहपृष्ठ Featured नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु गरिने

नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु गरिने

काठमाडौँ : कोरोना संक्रमणका कारण विथोलिएको शैक्षिक सत्र यो वर्ष वैशाखबाटै भौतिक उपस्थितीसहित गर्ने तयारी थालिएको छ। संक्रमण जोखिम टरे वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको योजना छ। यसअघिका शैक्षिक सत्र संक्रमण जोखिमका कारण प्रभावित बनेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एसइईलगायत सबै तहको समयमै पठनपाठन सक्न शिक्षकहरूलाई आग्रह गरेका छन्। मन्त्री पौडेलले सूचनामार्फत शैक्षिक तालिका नियमित गर्न आग्रह गरेका हुन्।

सूचनामा भनिएको छ, ‘विद्यार्थीको भविष्यलाई जोड दिदैँ यही २०७९ वैशाख ९ गतेदेखि वैशाख २० गतेसम्म एसईईको परीक्षा अनिवार्य सक्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेको छ। कोभिड महामारी एवम् निर्वाचन घोषणाका कतिपय अप्ठ्याराहरू छिचोल्दै समयमा नै पठनपाठन पूरा गर्न र सक्रियतापूर्वक आ(आफ्ना जिम्मेवारी बहन गर्न शिक्षक, अभिभावक र विद्यार्थीरूलाई विशेष अनुरोध गर्दछु। शैक्षिक तालिका नियमित गर्नका लागि सम्बन्ध सबै पक्षले आवश्यक सहयोग गरिदिनुहन हार्दिक अनुरोध गर्दछु।’

राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको निर्वाचन अघि नै कक्षा १ देखि १०सम्मको शैक्षिकसत्र अन्त्य गरी परीक्षासमेत सञ्चालनको तयारी थालेको छ। सोहि अनुरुप बैशाख ९ देखि माध्यामिक शिक्षा परीक्षा९एसईई०को परीक्षा तालिका सार्वजनिक भएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले फागुन र चैतभित्र पाठ्यक्रम सकेर बैशाखमा एसईई परीक्षा गरीने बताए। उनले भने, ‘चैत र बैशाखमा पाठ्यक्रम पूरा हुन्छ। अनि बैशाखमा परीक्षा हुन्छ।’ स्थानीय तहको निर्वाचन अगावैै परीक्षा सकेर नयाँ शैक्षिकसत्रको तयारी गर्न लागेको हो।

यसअघि बोर्डले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरू, सम्वन्धित प्रदेशका सामाजिक विकास मन्त्रालयका अधिकारीहरुसंग परीक्षा सञ्चालनका विषयमा छलफल गरेको थियो। शिक्षा मन्त्रालयले एसर्ईईसँग सँगै पालिकाहरूले पनि कक्षा १(९ को परीक्षा सञ्चालन गर्नुपर्ने बताए।

सम्बन्धित् समाचार